Tuesday, July 2, 2024
worec
मनोविमर्श

Ramesh Bhandari

Ramesh Bhandari (Author: )

Jul 27, 2021 | General

592
Views

मनोविमर्श भनेको के हो ?

व्यक्तिको आफ्नै जीवन र वरिपरिको समाजमा घटिरहने विभिन्न खाले घटनाहरूले व्यक्तिको सोचाई र जीवनमा फरक पार्दछ । व्यक्तिको व्यवहार समाजले चाहेअनुरुपको हुँदा ऊ समाजमा राम्ररी बस्न सक्छ । तर समाजले चाहे अनुसारको व्यवहार नभएमा ऊ समाजमा राम्ररी घुलमिल हुन नसकी मनोसामाजिक समस्या देखिन सक्छ । जसले व्यक्तिको मन र समाजबीच तालमेल नमिलेर शारीरिक, मानसिक, भावनात्मक रुपमा व्यक्तिलाई प्रभाव पार्दछ । यसले गर्दा विभिन्न मनोसामाजिक समस्याहरु जस्तै तनाव हुनु, निन्द्रा नलाग्नु, रिस उठ्ने जस्ता विभिन्न समस्या देखिन्छ । यस्तो बेलामा व्यक्तिको मनोसामाजिक समस्याको समाधान गर्न व्यक्ति र मनोविमर्शकर्ता विच हुने योजनाबद्ध कुराकानी र छलफल नै मनोविमर्श हो। सामाजिक परिवेशमा बिभिन्न कारणबाट उत्पन्न हुने असहज परिस्थिती जस्तै बिपदको प्रभाव, मानव सृजित घटना, सशस्त्र द्वन्द, लैंगिक हिंसा, बेरोजगारी, आर्थिक समस्या वा अन्य कुनै कारणले असुरक्षित महसुस गरेका व्यक्तिहरुको मनोसामाजिक समस्या समाधान गर्न मनोविमर्श सेवा प्रभावकारी हुन्छ ।  

मनोविमर्श किन आबश्यक छ ?

मानिसहरु विभिन्न खाले समस्याहरुबाट निरन्तर गुर्जिरहेका छन् । प्राकृतिक प्रकोप जस्तै भुईचालो, बाढी, पहिरो, कोभिड १९ जस्तो महामारीले सृजित समस्या, ससस्त्र द्वन्द जस्ता परिस्थितीसँग हामीले भोगेका छौं । विभिन्न सामाजिक प्रथा, लैंगिक भेदभाव, जातिय भेदभाव र यी भेदभावका कारणले निम्त्याईएको हिंसा, भने जस्तो रोजगार तथा अवसर नपाउनुले पनि व्यक्तिको मनोसामाजिक अवस्थामा गहिरो प्रभाव परेको छ । त्यस्तै गरेर हाम्रो सामाजिक संरचनाको कारण, महिला माथि हुने भेदभाव, बलात्कार र अन्य यौनजन्य घटना, आफ्नै श्रीमान् र परिवारबाट हुने हिंसाको कारण महिलाहरुले विभिन्न मनोसामाजिक समस्या भोग्नु परीरहेको छ । महिलाहरुले परिवारमा आफूलाई परेको मनोसामाजिक समस्या भन्ने अवस्था छैन । भने पनि परिवारको सदस्यले त्यसको गोपनियता राख्छ र समाधान गर्न सहयोग गर्छ भनेर महिलाहरुले विश्वास गरिहाल्न सक्दैनन् । यदि कसैले यसको बारेमा थाहा पाए त्यस्तो व्यक्तिलाई फरक नजरबाट हेरिन्छ । महिलाहरुलाई मनोसामाजिक समस्या भएमा कँहा गएर उपचार लिने भन्ने बारे जानकारी नहुन सक्छ । त्यसैले मनोविमर्श केन्द्र सञ्चालन गर्नु आबश्यक छ ।

मनोविमर्श सेवा कसले लिन सक्नेछन् ?

समुदाय तथा परिवारमा आफ्ना समस्या तथा मनोभावनाहरु स्वतस्फूर्त रुपमा व्यक्त गर्न नसकि अझ जटिल परिस्थितीमा रहेका व्यक्तिहरुले सहज, सुरक्षित र गोपनिय रुपमा आफ्ना पीडा तथा भावनालाई व्यक्त गर्ने वातावरण नभएको व्यतिmहरुले मनोविमर्श सेवा लिन सक्नेछन् ।


0 Comments
Latest Comments
Upcoming Events
Editor's Pick
  1. Emergence and Practice of Feminist Knowledge in Nepal General
  2. Walls Turned Sideways Are Bridges Reports
  3. No Justice without Reparation: Why Rape Survivors Must Have a Right to Compensation General
  4. Child Marriage Prosecutions in India - Case Law Analysis of Actors, Motives and Outcomes 2008-2017 General
  5. Feminist Leadership best practices - Sangat Best Practices
Poll
(You need to be a general user to vote in the poll)
Should we change our banner photo?
Latest Discussions