Sunday, June 30, 2024
worec
News
Search News ....
More
डिएन चौधरी/उदयपुर
उदयपुरको त्रियुगा नगरपालिका १० की बोक्सेकी २९ बर्षिया कल्पना नेपाली बाँसको मुढा बनाउँछिन् । सवारी दुर्घटनामा दुबै खुट्टा गुमाएकी उनले घरेलु तथा साना उद्योग कार्यालय उदयपुरले २०७६ फागुनमा मुढा बनाउने १ महिने तालिम  दिएपछि व्याबसायिक रुपमा बाँसको मुढा बनाउन थालेकी हुन् । उनले बनाएको मुढा प्राय जसो गाईघाट बजारमै बिक्रि हुने गरेको छ । उनी भन्छिन्, ‘हप्तामा ४ ओटासम्म मुढा  बनाउने गरेकी छु, यसबाट परिवारको खर्च समेत चलेको छ ।’  उनका श्रीमान अटो चलाउछन् ् । नेपालीले उत्पादन गरेको प्रति मुढा बजारमा २ हजार देखी ३ हजार सम्ममा बेच्ने गर्दछिन । तर हिजोआज आधुनिक कुर्सीको माग बढि हुन थालेपछि मुढाको माग घटेको छ । उनी भन्छिन, ‘पहिलो जस्तो बिक्रि हुँदैन, हिजोआज त उत्पादन गर्न समेत मन लाग्दैन ।’ उनी थप्छिन्, ‘उत्पादन गरेको सामान  बिक्रि गर्न सहयोग कसैबाट  भए   जोखिम मोल्नुपर्ने थिएन ।’ केहि समय अघि हप्तामा ४ ओटा सम्म मुढा उत्पादन गर्दै आएकी उनी हिजोआज हप्तामा २ ओटा सम्म मुढा उत्पादन गर्ने गर्दछिन् । त्यहि पनि बिक्रि नहँुदा  व्यवसाय नै छोड्ने मनस्थिति रहेको उनको भनाई छ ।
 
उदयपुरको त्रियुगा नगरपालिका ११ गाईघाटकी शान्ता परियारले  ४ बर्षदेखी ढाकाको टोपी उत्पादन गर्दै आईरहेकी छिन् । प्यारालाईसिसका कारण उनको दुबै खुट्टाले काम गर्न छाडेको ७ बर्ष भयो । तर उनले हिम्मत हारिनन्, बिस्तारै ढाकाको टोपी बनाउने काम सुरु गर्न थालिन् । घरेलु तथा साना उद्योग बिकास समिति मार्फत तालिम लिएपछि टोपी बनाउने काम सुरु गर्न थालिन् । ढाकाको टोपीबाट मासिक २५ हजार सम्म कमाई हुने गरेको उनको अनुभव छ ।  हातबाट  बुनेका ढाका टोपीको माग बजारमा धेरै छ । 
 
तर, यो वर्ष कोरोनाले गर्दा विगतमा झैं ढाका टोपीको व्यवसायमा उत्साह भने छैन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा राम्रो ख्याति कमाएको ढाका टोपी यो वर्ष भने कोरोनाले गर्दा उत्पादन तथा बिक्री गर्ने व्यवसायी भने धरापमा परेको व्यवसायीहरू बताउँछन् । बन्दाबन्दीले घरभित्रै राखे पनि तिहारमा  व्यापार हुने अपेक्षा व्यवसायीहरूले गरेका थिए ।
बजारमा हातबाट बुनेका ढाका टोपीको मूल्य करिब १ हजारदेखि ४ हजार रुपैयाँ पर्दछ । तर, बजारमा तिहारका लागि बढी मेसिनबाट उत्पादन भएको १ सयदेखि ५ सय रुपैयाँमा ढाका टोपी पाइने गर्छन्  ।
विगत वर्षमा तिहारमाबिक्री गर्न भ्याइनभ्याई हुन्थ्यो । तर यो वर्ष पसल खोलेर मात्रै  बसेको  परियार बताउँछिन् ।
गत वर्ष  तिहारमा मात्रै करिब ३ लाखको व्यापार गरेको अनुभव छ   ।
लामो समयको लकडाउन गर्दा  घरेलु उद्यमीले कच्चा पदार्थ भएसम्म उत्पादन गरेका छन् । त्यसले गर्दा बजारमा ढाका टोपीको भने अभाव नहुने उनको बुझाइ छ ।
‘ढाकाटोपीको मुख्य व्यापार हुने नै तिहारका बेला  हो,’ उनले भनिन्, ‘कोरोनाले गर्दा लामो समयको बन्दाबन्दीले गर्दा व्यापार ठप्प थियो । त्यो बेलादेखि भाडा खप्टिएकाले तिहारमा व्यापार गरी तिरौंला भन्ने थियो । तर त्यो पनि भएन । यसले गर्दा हामी एकदम मारमा परेका छौं ।’
संर्घषबाट सफलता
त्रियुगा नगरपालिका–१० बोक्सेकी ३५ वर्षिय रचना राईले वैदेशिक रोजगारीका क्रममा बाँया हातको पञ्जा गुमाईन् । २०६२ सालमा मलेसियामा  काम गर्ने क्रममा मेसिनले हात किचेपछि उनले हात गुमाइन् ।  हृदयघातका कारण श्रीमानको मृत्यु भएपछि २ सन्तानलाई सासु ससुराको जिम्मा लगाएर उनी विदेशिएकी थिईन् । मेलेसिया पुगेर काममा लागेको दुई महिनामा हात गुमाउनु परेको उनले बताईन् ।
हात गुमे पनि आत्मबल उस्तै थियो । केही गर्ने अठोटकै कारण उनी अहिले सफल उद्यमी बनेकी छिन् । बाँस फर्निचर उद्योग सञ्चालन गरेर राईले राम्रो आम्दानी गर्दै आएकी छिन् । 
 उनका अनुसार २०६७ सालमा घरेलु तथा साना उद्योगले बाँसका सामग्री बनाउने तालिम आयोजना गरेको थियो । तालिममा सहभागी हुन उनले आवेदन दिईन् । तर,  हातको पञ्जा नभएकाले बाँसका सामग्री बनाउन नसक्ने ठहर गर्दै उनलाई तालिमबाट बञ्चित गरियो । ‘सहभागी हुन नपाएपछि मैले आफैं सामग्री बनाउने प्रयत्न गरेँ’, राईले भनिन्, ‘मेरो प्रयत्न अहिले सार्थक भएको छ । बाँसका सामग्री राम्ररी बनाउँछु । बिक्री गरेर राम्रो कमाई गरिरहेको छु ।’
 
तालिम लिन नपाए पनि कागजमा चित्र कोर्ने त्यसैका आधारमा बाँसका सामान बनाउन थालिन् उनले । सुरुमा उनले बाँसको भाटाबाट आल्ना बनाएकी थिईन् । पहिलो आल्ना बनाउन पाँच दिन लागेको उनी सुनाउँछिन् । ‘सात सय रुपैयाँ खर्चिएर तयार पारेको पहिलो आल्ना एक सय ६० रुपैयाँमा बिक्री गरेँ’, उनले भनिन् ‘मैले बनाएको पहिलो सामान घाटा मै बिक्री भएपछि प्रेरणा मिल्यो ।’ मेहनत गरेर बनाएको सामान बिक्री भएपछि काममा जाँगर चलेको उनी बताउँछिन् । 
सामान राम्ररी बनाउन जान्ने भएपछि उनले ‘रचना बाँस फर्निचर उद्योग’ दर्ता गरिन् ।  उनको यो फर्निचर उद्योगबाट एक सय प्रकारका बाँसबाट निर्मित सामान बनाइन्छ ।  ‘१० दिनमा एउटा पलङ बनाउँछु’, उनी भन्छिन् ‘एउटा पलङ २० हजार रुपैयाँ सम्ममा बिक्री गर्छु ।’
घरेलु तथा साना उद्योगले राईलाई अहिले प्रशिक्षकको रूपमा लिएको छ । बाँसका सामग्री बनाउने तालिम दिनुपरे राईलाई प्रशिक्षक तोक्ने गरिन्छ । 
 । फर्निचर बिक्री गरेर महिनामा ३० हजारभन्दा धेरै फाइदा हुने उनले सुनाइृन् । ‘मेरो हात नभएर के भो र ? ’, उनी भन्छिन्, ‘मैले जति सपांगले कमाउँदैनन्’ 
 
बजार अभावका कारण पेशाबाट  बिस्थापित
ताप्ली गाउँपालिका ५ स्थित बिजुवाका अपाङ्गता भएका महिलाहरु बाँसका सामग्री बनाउने पेशाबाट विस्थापित भएका छन् । घरमा उत्पादन गरेका बाँसका सामग्री घरबाट बिक्री नभएपछि गाउँगाउँमा लैजानुपर्ने बाध्यता नहटेपछि अहिले बाँसका सामग्री बनाउने पेशाबाट विस्थापित भएका छन्  ।
बजारको पहुँच  नहुँदा पेशाबाट सिंगो समुदाय नै विस्थापित भएको स्थानीय बासिन्दा हिराकुमारी विश्वकर्मा बताउँछिन् । त्यसक्षेत्रमा बसोबास गर्ने आधा दर्जन अपाङ्गता भएका महिलाहरु बाँसका सामानहरू उत्पादन गर्दै आईरहेका छन् । उनीहरुले उत्पादन गरेका सामग्रीहरु परिवारका अन्य सदस्यहरुले बिक्रिका लागि लैजाने गर्दछन् ।
‘बाँसका सामान बोकेर गाउँ चाहार्न निकै सास्ती हुन्छ, बाँसका सामान बेच्नका लागि बजार छैन’, ३९ वर्षीय हर्कमाया मगरले दुखेसो पोखिन् । ‘बालबालिका यही पेशा गरेर हुर्काइयो, अहिले मासिक  १५ हजार आम्दानी गर्नसमेत गाउँ चाहार्नु पर्छ, कहिले आम्दानी हुन्छ, कहिले हुँदैन’, मगरले भनिन् । पहिले १३ घरले बाँसका सामान बनाउने काम गरेपनि अहिले आफूले मात्र यो पेशालाई निरन्तरता दिएको जानकारी दिईन् । 
बाँसका सामग्री बनाउन बढी समय लाग्ने र काम बढी जोखिमको भएकाले युवा पुस्ताको आकर्षक पेशाका रुपमा स्थापित हुन सकेको छैन । बजारमा मेसिनद्वारा बनेका सामानका कारण सस्तो मूल्यमा प्लास्टिकका सामान पाइन्छन् ।
 ‘चुनाव आएपछि नेताहरु घरमा नमस्कार गर्दै साइनो लगाउँछन् । बिजुवामा रहेको अपाङ्गता भएको बस्तीमा आउने गरेपनि चुनाव सकिएपछि मुखमा समेत हेर्दैनन्’, स्थानीय बासिन्दा कुन्ता सुनुवारले बताईन् । काम नगरी खान नै पाइँदैन, बाँसका चोया बनाउँदै उनले भनिन् , ‘भोट दिए पनि हाम्रा बस्तीमा विकास भएन ।’
 
 
उत्पादित सामानले बजार नपाउँदा सकस
गाईघाटमा रहेको कोसेली घरमा जिल्लाको गाईघाट, नेपालटार, बेलका, चौदण्डीगढी लगायतका स्थानहरुबाट सामग्रीआउने गरेका छन् । जसमा बिभिन्न स्थानका महिलाहरुले उत्पादन गरेको सामान समूह मार्फत कोसेली घरमा आउने गर्दछ । जसमा अरु महिलाहरुको तुलनामा अपाङ्गता भएका महिलाहरुले उत्पादन गरेको सामानहरु कमै मात्रामा आउने गरेको कोसेली घरका संचालक राज कुमार श्रेष्ठको भनाई छ । उहाँका अनुसार गुणस्तरिय सामग्री उत्पादन गर्न चाहिने कच्चा पदार्थको अभावमा उनीहरुले त्यस्तो समस्या झेल्नुपरेको बताउँछन् । 
 
लामो समय देखी  उन र ढाकाबाट बिभिन्न सामग्रीहरु उत्पादन गर्दै आएकी गाईघाटकी शारिरिक अपाङ्ग शान्ता चौधरी आफुहरुले उत्पादन गरेको सामान पहिला जस्तो धेरै बिक्रि हुन छाडेको बताउनुहुन्छ । । उच्च रक्तचापका कारण प्यारालाईसिस भएपछि उहाँको देब्रे खुट्टा नचल्ने अवस्थामा छ । तर शारिरीक अशक्तताको बावजुत पनि उहाँ हस्तकलाको समान बनाउनुहुन्छ ।। 
उहाँ भन्नुहुन्छ, पहिलाको – “२ बर्ष अघिको बिक्रीको सरदर अवस्थालाई हेर्ने हो भने मैले एक दिनमा एक हजारदेखि १५÷१६ हजारसम्म बिक्री गरेकी छु, तर हिजोआज मुस्किलले २ हजारसम्मको सामग्री बिक्रि हुन्छ ।” 
साथै अपाङ्गता भएका महिलाहरुको सिप बिकासका लागि  लगानी गर्न कन्जुस्याईँ गरेका कारण  यस्तो भएको बताउनुहुन्छ । यसका साथै अपाङ्गता भएका महिलाहरुलाई बिभिन्न आयमुलक सिप तथा व्यवसाय संचालनका लागि तालिम दिनुका साथै उनीहरुले उत्पादन गरेका सामान बजारसम्म पु¥याउने व्यवस्था  गर्नुपर्ने उहाँको माग छ ।
 
चौधरी भन्नुहुन्छ, ‘हामी सामान त उत्पादन गछौं तर कहाँ लगेर बिक्रि गर्ने, उचित मुल्य र बजार पाईन्छ की पाँईदैन भन्ने तनाव समेत लिनुपर्ने अवस्था छ । जसका कारण धेरै अपाङ्गता भएका महिलाहरु त्यसै बसिरहनुपरेको अवस्था छ । 
 
 घट्यो नेपाली हस्तकला सामग्रीको निर्यात
आर्थिक वर्ष २०७७÷७८ को ९ महिनामा हस्तकलाका सामग्रीहरुको निर्यात ५ प्रतिशतले घटेको छ । नेपाल हस्तकला महासंघका अनुसार गत आर्थिक वर्षको चैत मसान्तसम्ममा अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को तुलनामा हस्तकलाका सामग्री निर्यात कारोबारमा ५ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको उक्त अवधिमा २ अर्ब ९५ करोड ७१ लाख रुपैयाँको हस्तकलाका सामाग्री विभिन्न मुलुकमा निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ११ करोड ६३ लाख रुपैयाँको हस्तकला सामग्री निर्यात भएको थियो ।
चैत यता सरकारले गरेको बन्दाबन्दीका कारण खासै धेरै निर्यात नभएको महासंघले जनाएको छ ।  अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब ६४ करोड १ लाख रुपैयाँको हस्तकलाको सामग्री निर्यात भएको थियो । 
 
व्यवसायी संकटमा छन् 
कोरोनाले ठूलो उद्योग मात्रै नभई साना तथा घरेलु उद्योगको व्यापार  ५० प्रतिशतले घटेको घरेलु उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले जानकारी दिए ।
‘सरकारले नै घरमा रहेको सामानबाटै घर चलाउ भनेर आह्वान गरेकाले  यो वर्ष भने उत्पादन तथा बिक्री दुबै घटेको छ ।’ कोरोनाले गर्दा विदेशमा माग भए पनि नेपालबाट पठाउन नसक्दा ठूलो घाटा व्यहोरेको उनको भनाइ छ । ‘गत वर्ष करिब व्यवसायीहरूले उत्पादन गरेको करिब ९० प्रतिशत सामान सबै बिक्री भएको थियो,’ उनले भने, ‘तर, यो वर्ष भने बजारमा माग कम भएसँगै व्यवसाय संकटमा परेको छ ।’
त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरीले अपाङ्गता भएका स्थानीय महिलाले उत्पादन गरेका उत्पादनलाई प्रवद्र्धन गर्न प्रदर्शनी तथा बिक्री कक्षका लागि ठाउँ तयार गर्न नगरपालिका तयार रहेको उहाँले बताउनुभयो । 
 अपाङ्गता भएका महिलाहरुको सीप र कलाबाट उत्पादित वस्तुको प्रयोग बढाउन सके आयात प्रतिस्थापनमा समेत ठूलो सहयोग मिल्ने बताउँछन्सरकारले स्वदेशी वस्तुको उत्पादन तथा खरिद बिक्रीमा टेवा पुगोस् भन्ने उद्देश्यले स्वदेशी वस्तुको उपयोग सम्बन्धी निर्देशिका २०७१ जारी गरेको समेत उहाँले जानकारी  दिनुभयो ।
उ त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष गजेन्द्र भगतले अपाङ्गता भएका व्यक्तिका सोचलाई शिक्षा, सीप, उत्पादन, बजार, रोजगारी र मुलुकको समृद्धिसँग जोड्न आग्रह गर्नुभयो ।  ।
अध्यक्ष भगतले  अपाङ्गता भएका महिलालाई सीपमूलक तालीम व्यवस्था गरिने जानकारी दिनुभयो । 
नेपालको कुल जनसंख्याको १.९ प्रतिशत जनसंख्यामा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको देखिन्छ भने प्रदेश नं. १ को हकमा २.१ प्रतिशत देखिन्छ । यो प्रदेशमा परुुषको तलुनामा अपाङ्गता भएका महिलाको संख्या बढी छ । 
 ।
 

The article is republished with permission from the author.

This article orginially appeared in

https://khulaasa.com/news/2845

 
 
 
 
 
# General
worec like 24th December 2021
worec like 0 Likes
worec like Reply
0 Comments
जमुना वर्षा शर्मा ÷पोखरा 
लैगिंक हिंसाविरुद्धको १६ दिने अभियाजारी छ  । समुदायदेखिका अधिकारका सवाललाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तसम्म पुु¥याउन यो विश्वव्यापी अभियानले महत्वपुुुुुर्ण भुुमिका निभाएको छ  । हुनत कतिले महिलाअधिकारकाविषयलाई रबर जस्तो जति तन्कायो, उति तन्कने र एकछिन पछि उहि आकारमा आउने भनेर हल्का टिप्पणी पनि गर्ने गरेका छन् । जसले जे भनेपनि यो आवाज उठाउने समयहो । बोलेर, लेखेर के हुन्छ भन्दै चुप बस्यौँ र आवाज उठाउनै छोड्यौं भने झन् के होला ? बाहिरबाट महिलाअधिकार सम्पन्न देखेर टिकाटिप्पणीगर्नेहरुले  महिलाले भोगिरहेको हिंसा र पीडालाई अति नै सामान्यीकरण गर्छन् त्यति सुन्न मन गर्दैनन् । गोभन साँपले आफू भित्र विष रहेको थाहा नपाए जस्तै हिंस्रक सोचले ग्रस्त केही पुरुषहरु महिलाअधिकारको आवाज उठाउँदा वित्तिकै अन्ट सन्ट बहसमा उत्रन्छन् । 
प्रसंग जोड्न चाहन्छु फेसबुकमा एउटाबुहारी ग्रुप छ । ५२ हजार सदस्य त्यस ग्रुपमा छन्  । ग्रुपमा छिनछिनमा पोष्टहुने स्टाटसले नेपालीमहिलाले भोगिरहेको घरेलु हिंसाको यथार्थलाई छर्लङ्ग पार्छ  । ग्रुपमा हालै लेखिएका स्टाटस यस्ता छन् । “तपाइँहरुको श्रीमान्ले झुण्डिएर मोर भन्नुभयो भने,तपाइँ के गर्नुहुन्छ नि?”, “विनागल्ति ‘रण्डि’ भन्ने शब्दले गालीगर्दा कस्तोलाग्छ ? मलाई सारै मन दुखेर आउँछ  ।” “जब मनभरी पिडाले भरिँदा रुने ठाउँ कतै हुँदैन नि बाथरुममा पानी खोलेर रुनुको पीडाहजुरहरुलाई थाहा छ ?”, “हे भगवानछोरी जन्माउनु गलतलाग्नथाल्यो,किनकी कि भोलीगएर मेरो छोरीलाई मैले जस्तो दुःख भोग्ननपरोस् ।” “भगवानछोरीमान्छेलाई अरु केही देउ या नदेउ गुनासो छैन, तर असलश्रीमान् देऊ नत्र जिन्दगी नर्कमा वित्छ ।”, “हजुरको बुढाले पोइला जा भन्नुभयो भने के गर्नुहुन्छ ? एकजना महिलाले त आफूलाई पारिवारिक हिंसाका कारण आत्महत्या गर्न मन लागेको समेत लेखेकी छन् भने केही महिलाले सम्बन्धविच्छेद गर्न कानुनी प्रक्रियाका बारेमापनि सोधेकाछन् । कति सुत्केरी र गर्भवतीले आफूमाथिहुने गरेका हिंसा र आमाको कर्तब्यनिभाउँदा हरेक रातजागा बस्नु परेको पीडालाई पनि पोखेका छन् । यी केहीप्रतिनिधिमुलक स्टाटस हुन् । यस्ले महिलाले शारीरिक र मानसिक रुपमा घरेलु हिंसा कति सम्म सहनुपर्छ भन्ने  एउटा यथार्थलाई प्रस्तुतगर्छ । कहिकतै आफ्ना पीडा सुनाउन नसकेकाहरुले सामाजिक सञ्जालमार्फत आफ्ना पीडा पोखिरहेकाछन् । यस भित्रका कारण फरक फरक होलान तर महिलामाथिको हिंसाको सार एउटै छ ।  प्रविधीको पहुँचभएका र पढेलेखेका हातमा स्मार्ट फोन लिएर हिड्ने महिलामा त यस्तो समस्या छ भने झन् प्रविधिको पहुँचदेखी टाढाभएका र लेखपढ गर्न नसक्ने महिलाको अवस्था कस्तो होला ? पढेलेखेका र कामकाजी महिला पनि समाज परिवार र माइतिको इज्जतले आफ्नो पीडाबाहिर ल्याउननसक्ने र बनावटि हाँसोमा सामाजिक सञ्जालमा दम्पत्तिको फोटो सजाएर हिड्न बाध्य महिलाको कहानी झनै डरलाग्दो छ । जहाँकथित इज्जतले महिलाको अधिकारलाई बन्धक बनाइदिएको छ भने मानव भएर बाँच्ने अधिकारलाई कुण्ठित गरेको छ । अर्को तर्फ बालिका माथि हुने हिंसा र बलात्कारलाई केलाउने हो भने झन् डरलाग्दो अवस्था देखिन्छ । समाजले के भन्ला भन्ने मनोविज्ञानले घटनाको वास्तविकता र दोषी थाहापाएर पनि उजुरी नगरी लुकाउन खोज्दा बलात्कारीको मनोबल झन् उच्च देखिन्छ । महिला माथि हुने सवै किसिमका हिंसा विरुद्ध बोल्दा इज्जत प्रतिष्ठामाथि आँच आउने डरले महिलालाई  चुपलाग्न बाध्य बनाएको छ । यसकारण महिलाको स्वतन्त्र र  हिंसारहित बाँच्नपाउने अधिकार समाजले खोसेको छ ।
केही वर्ष अगाडिको एउटा घटना हो । आफ्नै काकाबाट बलात्कारका ेशिकार भएकी एक १२ वर्षीया बालिकाले घटनाको बारेमा आफ्नै आमालाई सुनाइन् । घटना सुनेपछि विक्षिप्त बनेकी आमाले बलात्कारका कारण छोरीको रक्तस्राव नरोकिएपछि उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पुर्याइन । ती बालिकाकी आमाले डाक्टरलाई बास्तविकता लुकाएर महिनावारीका कारण रक्तस्रावभएको बताइन् । तत्कालिन डा. डेला सिंह जोशीले बालिकाको संवेदनशील अङ्गमा गहिरो चोट देखिएको बलात्कारको शिकार भएको बताएपछि मात्र यो घटनाबाहिर आयो ।  छोरीमाथिको त्यो जघन्य अपराधलाई समेत आमाले ढाकछोप गर्न  बाध्यहुनु भित्रको यथार्थ न त कसैले सोध्यो, नत कसैले बुझ्न नै खोज्यो । समाजले आमालाई उल्टो निर्दयी आमा भनेर एकोहोरो गाली मात्र गर्यो ।समाजले छोरी माथिगर्ने विभेदपूर्ण ब्यवहार सम्झेर आमाले तत्काल मौनता तोड्न सकिनन् र लुकाउन बाध्य भइन् । एकचोटी बलात्कारमा परेकी छोरी बाँचुञ्जेल ऊमाथिहुने मानसिक र शाब्दिक बलात्कारले उत्पन्न अवस्थासँग ऊ सधै जुध्नु पर्नेछ र कहिल्यै मुक्ति पाउने छैन । यस्ता घटना बढिरहनुमा यो समाज झनै धेरै दोषी छ  । घरमै बसिरहेकी बालिका आफन्तबाटै बलात्कृत हुँदा समाजले बालिकालाई नै दोषी करार गर्छ । हिंसामा परेकाहरुलाई उपेक्षा र बहिष्कारनै गर्छ ।  ऊ घरबाट निकालिन्छे र सडकमा आउन बाध्य हुन्छे भने पीडक घरमै सुरक्षितहुने गरेको देखिन्छ ।  यो समाज, जहाँ पुरुषलाई मर्द भनेको जेलनेल भोगेको हुनुपर्छ भनेर साहसीको बिल्ला भिराइ दिन्छ भने महिलाभनेको सहनशील र चरित्रवान हुनुपर्छ भनेर सेतो वस्त्रको रुपमा चित्रित गरिदिन्छ ।  बस्त्रमा लागेको दाग देख्ने समाजले बस्त्रमा रंग  छ्याप्नेलाई देख्दैन । 
कानुनलेअपराधीलाई दोषी देखेको छ, तर समाजको ब्यवहारिक कानुनले निर्दोष महिला र बालिकादोषी देख्छ। यदि दोषीनदेख्दो हो त सम्मानजनकनजरले हेथ्र्यो भने कुनैपनिमहिलाआफ्नै घरभित्रयति धेरै अपमानित र असुुरक्षितहुनपर्दैनथ्यो । यदिसमाजमामहिलाको सम्मानजनक स्थानथियो भनेउनीहरुआफुमाथिभइरहेको अन्यायविरुद्धनिर्धक्कबोल्न सक्थे ।
आजपनि हिंसामा परेका महिलाले स्वतन्त्र रुपमा आफ्नो वृत्तिविकास गर्न पाएका छैन । विभिन्न संघ संस्थाको आश्रयमा पुगेर आफ्नो रहर र सपनाहरुलाई तिलाञ्जलि दिन बाध्य भएका छन् । सार्वजनिक जीवनमा उसलाई बलात्कारमा परेकी हो भनेर फरक दृष्टिकोण बनाइदैनथ्यो भने घटना लुकाएर अपराधगर्नेलाई प्रश्रय दिने कामपनि कमहुन्थ्यो । 
हामी धेरै वर्षदेखि कानूनका पानामा महिला अधिकार स्थापितका लागि अक्षरहरु थपिरह्यौ । तर समाजमा छोरीलाई मानव भएर बाँच्न नदिने संस्कार , सोच र व्यवहारलाई पनि बदल्नुपर्छ भनेर केन्द्रित हुन सकेनौ । कोखदेखि काख सम्म हुने विभेदको मुल जरो पत्ता लगाएर अगाडि बढ्न सकेनौ । साँझ छोरी ढिला आउँदा छोरीलाई केही हुन्छ कि भन्ने आमाछोरा ढिला आउँदाको कारण खोज्न कहिल्यै लागिनन् । मेरी छोरी बलात्कारको शिकार हुन्छे कि भनेर हडबडाउने आमाको मनले कतै मेरो छोरा बलात्कारी पो हुन्छकी भनेर सोचेन । छोरालाई सानैदेखि दिइने आवश्यताभन्दा बढी स्वतन्त्रताभित्र कस्ता कुरा हुर्किएका छन् भन्ने खोजी अझै हुन सकेको छैन । किनभने ऊ छोरा हो ,मर्द पुरुष हो । उसले बाँच्ने जिन्दगीको २४ घण्टानै स्वतन्त्र छ । तर छोरी घरभित्र आफन्त भनेकाबाट पनि जोगिन गाह्रो छ ।
परिवर्तति समयसँगै महिलाआन्दोलनले विस्तारै गति लिदैछ, तर यो सुस्त गतिले महिलापूर्ण रुपमा मानवअधिकारको प्रत्याभूत गरेर बाँच्नपाउने दिन आउन भने अझै सयौँवर्षको पर्खाइमा रहनुपर्ने देखिन्छ । मानवअधिकारको दृष्टिले महिला–पुरुष समानहुन् तर व्यवहारिक पक्षबाट महिला सधै दोस्रो दर्जाको नागरिकको रुपमा रहनु परेको छ । समाज विकासको क्रमसँगै महिलामा आएको जागरुकताले महिला हिंसा सहेर बस्नु हुँदैन भन्ने केहीहदसम्म सचेत बनाएको छ तर अधिकार सबै पुरुषको हातमा भएकाले महिलाहरु अझै पनि विभिन्न हिंसाको शिकारमा परेर निरिह बाँच्न बाध्यछन् ।

The article is republished with permission from the author.

This article orginially appeared in

https://www.onlinekhabar.com/2021/12/1047153

 
# General
worec like 24th December 2021
worec like 0 Likes
worec like Reply
0 Comments
हिसा प्रभावितको मानव अधिकारका लागि काम गर्ने महिला अधिकारकर्मीलाई मानसिक पीडा देखि ज्यान मार्ने धम्कीसम्म आउने गरेको छ ।
चीना थापा विराटनगर
हिंसा प्रभावित महिलाको मानव अधिकारका लागि लड्ने महिला स्वंयको मानव अधिकार हनन् भइरहेको को विषयमा त्यति छलफल भएको सुनिदैंन । घरपरिवार तथा समाजले नरुचाउँदा पनि आफूूमाथिका जोखिमलाई बेवास्ता गर्दै अरुको अधिकारका लागि लडिरहेका महिलाहरु आफै  हिंसामा परेका परेका छन् ।  हिंसा प्रभावितको न्यायका लागि  आवाज उठाउँदै गर्दा आफुहरुलाई मानसिक हिंसादेखि ज्यान मार्नेसम्मको धम्की आउने गरेको महिला अधिकारकर्मी बताउछन् । प्रभावितको पक्षमा बोल्ने संघ संस्था तथा अधिकारकर्मीहरु छन्, तर  प्रभावितको न्यायको लागि लडिरहेका महिलाहरु स्वयम हिंसामा पर्दा बोल्दिने संघ संस्था त्यति वा अन्य राज्यका संरचना छैनन् । अरुको मानव अधिकारका लागि आवाज उठाउने यी महिला मानव अधिकार रक्षकमाथि कस्ता चुनौति छन् त भनेर सुप्रदेश १ का केही महिला अधिकारकर्मीहरुसँग कुरा गरेका छौं । 
मञ्जिता उपाध्याय
अध्यक्ष ः साझा सवाका लागि साझा मञ्च (कोकन) 
पीडितलाई न्याय र उसको अधिकार स्थापित गर्न लड्दा पीडक पक्षमा धम्की आउँछ । कहिलेकाही  प्रहरी प्रशासन, अदालत अर्थात न्याय दिने निकायबाट ढिलासुस्ती हुँदा  प्रभावितहरुले पनि हामीलाई नै भन्ने । हामीप्रभावितलाईन्याय दिलाउन उनीहरूको पक्षमा लड्दा लड्दै कहिलेकाहीँ पीडितहरु पछि हट्ने हँुदा हामीसामु दुवैतिरबाट  चुनौति खडा हुन्छ ।  प्रभावितको न्याय र अधिकारका लागि  कुरा गर्दापीडक पक्षले मानसिक तनाव दिईरहेको हुन्छ ।प्रभावितहरुले न्याय पाउनसपछृ भनेर लड्दालड्दै प्रभावित पनि पिडकसँग मिल्दा झन बढी मानसिक समस्या हुन्छ । पिडकले हाम्रो घरभित्रको मामला हो किन तिमीहरु आउँछौं? कति डलर खाएर बोेलेका हौं ? भनिरहेको हुन्छ । अनि पिडित फेरी उनीहरुसँगै मिल्दा हामीलाई उल्टोघर भाँडेको भन्ने आरोप लगाइन्छ । 
 हिंसा प्रभावितहरू घर छाडेर बस्नुपरेको अवस्थामा हामीले व्यवस्थापन गर्न सकिरहेका हुँदैनौ । उनीहरुका लागि त्यो खालको संयन्त्र पनि छैन । यस्तो अवस्थामा हामीले उनीहरूलाई बस्ने खाने व्यवस्था, स्वास्थ्य उपचारदेखि न्यायका लागि लड्ने काम गरिरहेका हुन्छौं । व्यवस्थापन  गर्न निकै समस्या हुन्छ र पनि गरिरहेका हुन्छौं । धेरै प्रभावितहरुलाई आफैं न्याय खोज्न समस्या हुन्छ, यस्तो बेला उनीहरुमाथि भएको हिंसाविरुद्ध मुद्दा हाल्न सहयोग गर्दा  पीडकबाट धेरै धम्की आउने, डरत्रास देखाउने हुन्छ ।  । उनीहरु घटना मिलाउन जोड गर्ने गर्छन समुदायमा, टोलमा हिड्दा धम्क्याउने, गालीगलौज गर्नेदेखि पारिवारिक दवाव सिर्जना गर्ने गर्दछन् । यसले गर्दा काम गर्नेलाई ढुक्कसँग काम गर्न पनि समस्या भईरहेको हुन्छ । हामीले काम गर्दा आउने चुनौतिलाई कसरी सामना गर्ने भनेर विचार पुर्याएर काम गरिरहेका हुन्छौ । त्यसकारण अहिलेसम्म धेरै तनाव हुने खालका धम्कीहरु आएका छैनन्, तर सामान्य धम्कीहरु त आईरहन्छन् । विशेष त  हिंसा प्रभावित महिलाको अधिकारका लागि बोल्दा र हिंसाविरुद्ध आवाज उठाउँदा हामी महिला अधिकारकर्मीलाई मानसिक हिंसा धेरै हुन्छ । 
इनु अधिकारी
महिला अधिकारकर्मी, सुनसरी
अधिकारको क्षेत्रमा काम गर्ने प्रायः महिलाहरू दोहोरो जिम्मेवारीका कारण हिंसामा पर्ने गरेका छन् । सबैलाई त्यसो नहोला । तर केही प्रतिशत हिंसा जिम्मेवारीकै कारण हुने गरेको छ । घरपरिवार र  प्रभावितहरूको बीचमा रहेर काम गर्दा निकै समस्या हुने गर्दछ ।
किनभने गाउँ समाज र घरपरिवारले आफ्नो अधिकारसँगै अरूको अधिकारको पनि कदर गर्नुपर्छ भन्ने बुझेको हुँदैन । घर व्यवहारलाई त्यसै छोडेर अरूको लागि आवाज उठाउन जाँदा घर बिग्रिन्छ, गाउँ समाजले नराम्रो सोच्छ भनी काम गर्न नदिने वातावरण एकातिर बनेको हुन्छ भने अर्कोतिर यो कामलाई विशेषगरी ध्यान दिनुहोला भनी मानसिक यातना र धम्की दिनेहरू हुन्छन् ।
काम गर्दै गर्दा तपाईका परिवार पनि छन् नी भन्ने जस्ता धम्कीहरू फोनमा आउने गर्दछन् । उता प्रभावितले न्याय पाउनुपर्छ भनी दिन रात दुःख झेलिरहेका हुन्छन् । कहिलेकाहीँ काम गर्नुभन्दा पहिले कसैको छोरी, बुहारी सोच्नुपर्ने बाध्यता हुन्छ । घर परिवारलाई समय दिन नसक्दा कि काम रोज, कि घर रोज भन्ने जटिल विकल्पहरू खडा हुने गर्दछन् ।
यसका कारणले पनि हामीलाई काममा अवरोध आउने गर्दछ । त्यसैगरी संस्थागत दबाव, राजनीतिक दबावमा पनि हामी परिरहेका हुन्छौँ । पैसा र शक्तिको भरमा हामीमाथि बारम्बार अवरोधहरू सिर्जना गरिन्छन् ।
।  यस्तो परिस्थितिमा हामी कसलाई भन्न जाने ? अरूको अधिकारका लागि दिनरात  समुदायमा रहेर काम गर्ने व्यक्ति स्वयम् न्याय पाएन भन्दै हिंड्न थालेपछि हिंसामा परेका अन्य पीडितहरूलाई कसले न्याय प्रदान गर्छ ?
पीडकहरूले आफ्ना गल्तीहरू लुकाउन खोज्ने, पीडित न्याय नपाएर मर्नुपर्ने, अधिकारकर्मीहरू अरूको अधिकारका लागि दिनरात सबैको घोचपेच सहनुपर्ने यस्ता विभिन्न कारणहरूले हामीहरूलाई निकै समस्यामा पार्ने गरेको छ ।
म त घरबाट नै निस्केको मान्छे । २०५६ सालदेखि महिला अधिकारका क्षेत्रमा काम गर्दै आएकी छु  । दिदीबहिनी ६ जना  थियौं । म घरको जेठी छोरी ।  हिंसा प्रभावितको अधिकारका लागि आवाज उठाउँदा एक दिन साँझमा मेरो घरमा ढुङ्गामुढा भयो । यो घटनापछि मेरो घरमा काम छोड्न दवाव आयो । आमाबुवालेमेरा  दिदीबहिनीलाई देखाएर यस्तो काम छाड र अरु काम गर भनिरहनु भयो । । हिंसा पिडितको पक्षमा काम गर्नु राम्रो हो तर आफ्नो घरपरिवारलाई असर गर्ने, समाजले नरुचाउने काम गर्नुहुँदैन भन्नुहुन्थ्यो । मेरो कारण घरपरिवारलाई तनाव नहोस् तर म  आफ्नो काम छाड्दिन भनेर घर नै छाडिदिए । यो अवस्था मैले भोगेको छु । 
अर्को कुरा प्रभावितलाई न्यायदिलाउन सबै कानुनी प्रक्रियाहरू मिलाउनुपर्छ । कुनैपनि निकायबाट  समयमै  कामहुदैन,निकै समय लाग्ने गर्दछ ।त्यो समयमा पीडक पक्षले पीडितलाई रकमको प्रलोभन, डर त्रास देखाएरप्रभावितलाई मुद्दा फिर्ता लिन दवाव दिन्छन् ।प्रभावितलाई पीडकलेमैले केही भनेकै छैन, मलाई कसैले दुव्र्यवहार गरेको छैन, म हिंसामा परेको छैन, म तपाईलाई चिन्दिन भन्न समेत लगाउँछन् । यसले हामीलाई सबैभन्दा धेरै तनावग्रस्त गराउँछ ।महिला भएर अरूको अधिकारका लागि लड्नु पर्दा जोखिमहरू त कति आउँछन् त्यो त भनेर सकिँदैन ।
केही जोखिम प्रत्यक्ष देखिन्छन्, क.ही देखिँदैनन् । तर कतिपय अवस्थामा यस्ता हिंसाका मुद्दाहरू हुन्छन् जसले हामीलाई समेत अप्ठ्यारोमा पार्ने गर्दछ । कोही महिला जबरजस्ती करणी मुद्दामा न्यायका लागि सहयोग माग्दै आयो भने हामीले  उसलाई सहयोग गर्नैपर्छ र  गर्छौैं पनि ।
तर परिवारमा पुनस्र्थापना गर्न जानेबेला यसको जिम्मा  तिमीले नै लिनुपर्छ, हाम्रो बेइज्जत भयो, तिमीले गर्दा घर भाँडियो  भनेर हामीलाई आरोप प्रत्यारोप पनि लगाउनेहरू भेटिन्छन् । यसले हामीलाई एकदमै समस्या पार्ने गर्दछ ।
सरस्वती तिमल्सिना रिजाल
अध्यक्ष ः एकल महिला समूह पाँचथर तथा महिलाअधिकारकर्मी 
प्रभावितहरुलाई अधिकार र न्याय दिलाउन  काम गर्ने हामी हिंसामा पर्नुको मुख्य कारण परम्परागत सोच नै हो । महिला भएर पुरूष जस्तै  घर बाहिर जान मिल्दैन्, जानु हुँदैन भन्ने मानसिकता अझै पनि समाजबाट हट्न सकेको छैन । समाजको पितृसत्तात्मक सोचले हामी स्वयम् अप्ठ्यारोमा पर्ने गर्दछौँ ।
काम गर्नेक्रममा कहिले रात पर्छ, कहिले काम बन्दैन, कहिले अरूको गालीगलौज  सुन्नुपर्छ । यस्ता विभिन्न कारणले घरपरिवारमा समेत प्रश्नहरू उठ्न थाल्छन् । समाजले औँला ठड्याउन खोज्छ । कसका लागि ?यस्ता काम किन गर्नु ? के पाइन्छ ? को हुन् ? नचिनेकाहरूलाई किन सहयोग गर्नु ? लगायत विभिन्न प्रश्नहरूले हामीलाई दिनरात मानसिक यातना दिने गर्दछ ।
महिला भएर हक, अधिकार र न्याय प्रदान गर्न खोज्नु हाम्रो लागि निकै चुनौतीपूर्ण छ । त्यसैले समय–समयमा हामीमाथि विभिन्न हिंसात्मक व्यवहारहरू हुने गर्दछन् । विशेषगरी यो समस्या न्याय र अधिकारका क्षेत्रमा रहेर काम गर्ने नयाँ नयाँ दिदीबहिनीहरूमा देखिने गरेको छ । हामीले त वर्षौँ वर्षदेखि यस्ता समस्या झेल्दै आएको भएर समस्यासँग सामना गर्दै काम गर्ने बानी परिसकेको छ ।
कतिपय अवस्थामा त के हुन्छ भने हामीले अन्यायमा परेका दिदीबहिनीहरूलाई यसरी न्याय पाउन सकिन्छ, तपाईहरूका लागि कानुन निर्माण भएको छ, कानुनी प्रक्रियामा गएर आफ्ना समस्या बताउन सक्नुपर्छ, हिंसा भनेको यस्तो हुन्छ भनेर सिकायौँ भने घर बिगारीदिन लागेको भन्दै आरोप लगाउनेहरू पनि छन् ।
न्याय पाउनु सबैको अधिकार हो, अरूको न्याय र अधिकारको संरक्षण गर्नु जिम्मेवारी हो भन्ने सोच्न नसक्दा विभिन्न क्षेत्रमा रहेर काम गर्ने हामी महिला अधिकारकर्मी स्वयम् हिंसा भोग्नुपर्ने र यातना सहनुपर्ने अवस्था  छ ।
पेमडोमा शेर्पा
महिला अधिकारकर्मी, ओखलढुङ्गा 
समाजमा महिलाले भोग्नुपरेको लैंगिक हिंसा, घरेलु हिंसाकाविरूद्ध आवाज उठाउँदै सम्बन्धित निकायसम्म पुग्ने हामीहरू स्वयं थुर्पै समस्याहरू धम्की त्रासहरू झेल्नुपरेको छ । किनभने हाम्रो समाजले अरूको अधिकारका लागि निःस्वार्थ काम गर्ने व्यक्तिहरूलाई सम्मान गर्नुपर्छ, उनीहरूलाई सहयोग गर्नुपर्छ भन्ने जानेको छैन ।
छोरी मान्छे भएर दुनियाँ ठाउँ जानु हुँदैन, अरूसँग ठूलो स्वरमा बोल्नु हुँदैन, सँधै गाउँ समाजले बनाएको रितिरिवाजमा रहेर काम गर्नुपर्छ भन्ने गलत मानसिकता बोकेकै कारण आज आमनागरिक र स्वयम् अधिकारकर्मीहरूसमेत हिंसामा पर्नुपरेको छ ।
लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्यका लागि संविधानदेखि ऐन कानुन भएपनि  प्रभावकारी कार्यन्वयन हुन सकेका छैनन् । जसका कारण यहाँका राजनैतिक दलहरूले शक्ति र पैसाको भरमा न्याय प्रक्रियामा अवरोध उत्पन्न गर्ने, राजनैतिक शक्तिको भरमा धम्क्याउने, तेरो पनि पालो आउँछ भन्ने, हाम्रो कारण माथि पुगेको होईनौँ भन्दै बारम्बार फोनमा धम्क्याउने, अदालतसम्म पुग्नै लागेका फाइलहरू रकमको प्रलोभन देखाउँदै रोक्न लगाउने, पीडितलाई किनिदिने, मुद्दा उल्ट्याउन लगाउने जस्ता गलत गतिविधिका कारण अधिकारकर्मीहरूलाई काममा तनाव उत्पन्न भईरहेको हुन्छ । कोही अधिकारकर्मीहरू यस्ता व्यवहार सहेर बसिरहेका हुन्छन् भने कोहि यसको विरूद्ध आवाज उठाउँदै आउँछन् । हामीले थेग्न नसक्ने खालका व्यवहार भएभने प्रहरीलाई खबर गछौं । हाम्रो विकल्प यही हो ।
कतिपय अवस्थामा के हुन्छ भने यदि मैले कोही कसैलाई न्याय दिन सफल भए, पीडितलाई न्याय दिएर उसलाई खुशी बनाए भने पीडक पक्षले मलाई आक्रमण गर्न खोजिरहेका हुन्छन्, विभिन्न खालका अपशब्दले गाली गरिरहेका हुन्छन्, कतिपय अवस्थालाई प्रशासनलाई आफ्नो पक्षमा ल्याएर हामीमाथि दुव्र्यवहार गर्न खोजिरहेका पनि हुन सक्छन् ।
यो पनि हामीमाथि हुने हिंसा नै हो । विभिन्न खालका जोखिममोल्दै  प्रभावितलाई  न्याय दिलाउने  काम गर्न निकै अप्ठ्यारो छ 

The article is republished with permission from the author.

This article orginially appeared in

https://koshionline.com/newsdetails/14048
# General
worec like 24th December 2021
worec like 0 Likes
worec like Reply
0 Comments