Tuesday, July 2, 2024
worec
महिला मानव अधिकारकर्मी नै हिंसामा
Worec Admin

Worec Admin (Author: )

Dec 24, 2021 | General

108
Views
Event Date: 24 Dec 2021
हिसा प्रभावितको मानव अधिकारका लागि काम गर्ने महिला अधिकारकर्मीलाई मानसिक पीडा देखि ज्यान मार्ने धम्कीसम्म आउने गरेको छ ।
चीना थापा विराटनगर
हिंसा प्रभावित महिलाको मानव अधिकारका लागि लड्ने महिला स्वंयको मानव अधिकार हनन् भइरहेको को विषयमा त्यति छलफल भएको सुनिदैंन । घरपरिवार तथा समाजले नरुचाउँदा पनि आफूूमाथिका जोखिमलाई बेवास्ता गर्दै अरुको अधिकारका लागि लडिरहेका महिलाहरु आफै  हिंसामा परेका परेका छन् ।  हिंसा प्रभावितको न्यायका लागि  आवाज उठाउँदै गर्दा आफुहरुलाई मानसिक हिंसादेखि ज्यान मार्नेसम्मको धम्की आउने गरेको महिला अधिकारकर्मी बताउछन् । प्रभावितको पक्षमा बोल्ने संघ संस्था तथा अधिकारकर्मीहरु छन्, तर  प्रभावितको न्यायको लागि लडिरहेका महिलाहरु स्वयम हिंसामा पर्दा बोल्दिने संघ संस्था त्यति वा अन्य राज्यका संरचना छैनन् । अरुको मानव अधिकारका लागि आवाज उठाउने यी महिला मानव अधिकार रक्षकमाथि कस्ता चुनौति छन् त भनेर सुप्रदेश १ का केही महिला अधिकारकर्मीहरुसँग कुरा गरेका छौं । 
मञ्जिता उपाध्याय
अध्यक्ष ः साझा सवाका लागि साझा मञ्च (कोकन) 
पीडितलाई न्याय र उसको अधिकार स्थापित गर्न लड्दा पीडक पक्षमा धम्की आउँछ । कहिलेकाही  प्रहरी प्रशासन, अदालत अर्थात न्याय दिने निकायबाट ढिलासुस्ती हुँदा  प्रभावितहरुले पनि हामीलाई नै भन्ने । हामीप्रभावितलाईन्याय दिलाउन उनीहरूको पक्षमा लड्दा लड्दै कहिलेकाहीँ पीडितहरु पछि हट्ने हँुदा हामीसामु दुवैतिरबाट  चुनौति खडा हुन्छ ।  प्रभावितको न्याय र अधिकारका लागि  कुरा गर्दापीडक पक्षले मानसिक तनाव दिईरहेको हुन्छ ।प्रभावितहरुले न्याय पाउनसपछृ भनेर लड्दालड्दै प्रभावित पनि पिडकसँग मिल्दा झन बढी मानसिक समस्या हुन्छ । पिडकले हाम्रो घरभित्रको मामला हो किन तिमीहरु आउँछौं? कति डलर खाएर बोेलेका हौं ? भनिरहेको हुन्छ । अनि पिडित फेरी उनीहरुसँगै मिल्दा हामीलाई उल्टोघर भाँडेको भन्ने आरोप लगाइन्छ । 
 हिंसा प्रभावितहरू घर छाडेर बस्नुपरेको अवस्थामा हामीले व्यवस्थापन गर्न सकिरहेका हुँदैनौ । उनीहरुका लागि त्यो खालको संयन्त्र पनि छैन । यस्तो अवस्थामा हामीले उनीहरूलाई बस्ने खाने व्यवस्था, स्वास्थ्य उपचारदेखि न्यायका लागि लड्ने काम गरिरहेका हुन्छौं । व्यवस्थापन  गर्न निकै समस्या हुन्छ र पनि गरिरहेका हुन्छौं । धेरै प्रभावितहरुलाई आफैं न्याय खोज्न समस्या हुन्छ, यस्तो बेला उनीहरुमाथि भएको हिंसाविरुद्ध मुद्दा हाल्न सहयोग गर्दा  पीडकबाट धेरै धम्की आउने, डरत्रास देखाउने हुन्छ ।  । उनीहरु घटना मिलाउन जोड गर्ने गर्छन समुदायमा, टोलमा हिड्दा धम्क्याउने, गालीगलौज गर्नेदेखि पारिवारिक दवाव सिर्जना गर्ने गर्दछन् । यसले गर्दा काम गर्नेलाई ढुक्कसँग काम गर्न पनि समस्या भईरहेको हुन्छ । हामीले काम गर्दा आउने चुनौतिलाई कसरी सामना गर्ने भनेर विचार पुर्याएर काम गरिरहेका हुन्छौ । त्यसकारण अहिलेसम्म धेरै तनाव हुने खालका धम्कीहरु आएका छैनन्, तर सामान्य धम्कीहरु त आईरहन्छन् । विशेष त  हिंसा प्रभावित महिलाको अधिकारका लागि बोल्दा र हिंसाविरुद्ध आवाज उठाउँदा हामी महिला अधिकारकर्मीलाई मानसिक हिंसा धेरै हुन्छ । 
इनु अधिकारी
महिला अधिकारकर्मी, सुनसरी
अधिकारको क्षेत्रमा काम गर्ने प्रायः महिलाहरू दोहोरो जिम्मेवारीका कारण हिंसामा पर्ने गरेका छन् । सबैलाई त्यसो नहोला । तर केही प्रतिशत हिंसा जिम्मेवारीकै कारण हुने गरेको छ । घरपरिवार र  प्रभावितहरूको बीचमा रहेर काम गर्दा निकै समस्या हुने गर्दछ ।
किनभने गाउँ समाज र घरपरिवारले आफ्नो अधिकारसँगै अरूको अधिकारको पनि कदर गर्नुपर्छ भन्ने बुझेको हुँदैन । घर व्यवहारलाई त्यसै छोडेर अरूको लागि आवाज उठाउन जाँदा घर बिग्रिन्छ, गाउँ समाजले नराम्रो सोच्छ भनी काम गर्न नदिने वातावरण एकातिर बनेको हुन्छ भने अर्कोतिर यो कामलाई विशेषगरी ध्यान दिनुहोला भनी मानसिक यातना र धम्की दिनेहरू हुन्छन् ।
काम गर्दै गर्दा तपाईका परिवार पनि छन् नी भन्ने जस्ता धम्कीहरू फोनमा आउने गर्दछन् । उता प्रभावितले न्याय पाउनुपर्छ भनी दिन रात दुःख झेलिरहेका हुन्छन् । कहिलेकाहीँ काम गर्नुभन्दा पहिले कसैको छोरी, बुहारी सोच्नुपर्ने बाध्यता हुन्छ । घर परिवारलाई समय दिन नसक्दा कि काम रोज, कि घर रोज भन्ने जटिल विकल्पहरू खडा हुने गर्दछन् ।
यसका कारणले पनि हामीलाई काममा अवरोध आउने गर्दछ । त्यसैगरी संस्थागत दबाव, राजनीतिक दबावमा पनि हामी परिरहेका हुन्छौँ । पैसा र शक्तिको भरमा हामीमाथि बारम्बार अवरोधहरू सिर्जना गरिन्छन् ।
।  यस्तो परिस्थितिमा हामी कसलाई भन्न जाने ? अरूको अधिकारका लागि दिनरात  समुदायमा रहेर काम गर्ने व्यक्ति स्वयम् न्याय पाएन भन्दै हिंड्न थालेपछि हिंसामा परेका अन्य पीडितहरूलाई कसले न्याय प्रदान गर्छ ?
पीडकहरूले आफ्ना गल्तीहरू लुकाउन खोज्ने, पीडित न्याय नपाएर मर्नुपर्ने, अधिकारकर्मीहरू अरूको अधिकारका लागि दिनरात सबैको घोचपेच सहनुपर्ने यस्ता विभिन्न कारणहरूले हामीहरूलाई निकै समस्यामा पार्ने गरेको छ ।
म त घरबाट नै निस्केको मान्छे । २०५६ सालदेखि महिला अधिकारका क्षेत्रमा काम गर्दै आएकी छु  । दिदीबहिनी ६ जना  थियौं । म घरको जेठी छोरी ।  हिंसा प्रभावितको अधिकारका लागि आवाज उठाउँदा एक दिन साँझमा मेरो घरमा ढुङ्गामुढा भयो । यो घटनापछि मेरो घरमा काम छोड्न दवाव आयो । आमाबुवालेमेरा  दिदीबहिनीलाई देखाएर यस्तो काम छाड र अरु काम गर भनिरहनु भयो । । हिंसा पिडितको पक्षमा काम गर्नु राम्रो हो तर आफ्नो घरपरिवारलाई असर गर्ने, समाजले नरुचाउने काम गर्नुहुँदैन भन्नुहुन्थ्यो । मेरो कारण घरपरिवारलाई तनाव नहोस् तर म  आफ्नो काम छाड्दिन भनेर घर नै छाडिदिए । यो अवस्था मैले भोगेको छु । 
अर्को कुरा प्रभावितलाई न्यायदिलाउन सबै कानुनी प्रक्रियाहरू मिलाउनुपर्छ । कुनैपनि निकायबाट  समयमै  कामहुदैन,निकै समय लाग्ने गर्दछ ।त्यो समयमा पीडक पक्षले पीडितलाई रकमको प्रलोभन, डर त्रास देखाएरप्रभावितलाई मुद्दा फिर्ता लिन दवाव दिन्छन् ।प्रभावितलाई पीडकलेमैले केही भनेकै छैन, मलाई कसैले दुव्र्यवहार गरेको छैन, म हिंसामा परेको छैन, म तपाईलाई चिन्दिन भन्न समेत लगाउँछन् । यसले हामीलाई सबैभन्दा धेरै तनावग्रस्त गराउँछ ।महिला भएर अरूको अधिकारका लागि लड्नु पर्दा जोखिमहरू त कति आउँछन् त्यो त भनेर सकिँदैन ।
केही जोखिम प्रत्यक्ष देखिन्छन्, क.ही देखिँदैनन् । तर कतिपय अवस्थामा यस्ता हिंसाका मुद्दाहरू हुन्छन् जसले हामीलाई समेत अप्ठ्यारोमा पार्ने गर्दछ । कोही महिला जबरजस्ती करणी मुद्दामा न्यायका लागि सहयोग माग्दै आयो भने हामीले  उसलाई सहयोग गर्नैपर्छ र  गर्छौैं पनि ।
तर परिवारमा पुनस्र्थापना गर्न जानेबेला यसको जिम्मा  तिमीले नै लिनुपर्छ, हाम्रो बेइज्जत भयो, तिमीले गर्दा घर भाँडियो  भनेर हामीलाई आरोप प्रत्यारोप पनि लगाउनेहरू भेटिन्छन् । यसले हामीलाई एकदमै समस्या पार्ने गर्दछ ।
सरस्वती तिमल्सिना रिजाल
अध्यक्ष ः एकल महिला समूह पाँचथर तथा महिलाअधिकारकर्मी 
प्रभावितहरुलाई अधिकार र न्याय दिलाउन  काम गर्ने हामी हिंसामा पर्नुको मुख्य कारण परम्परागत सोच नै हो । महिला भएर पुरूष जस्तै  घर बाहिर जान मिल्दैन्, जानु हुँदैन भन्ने मानसिकता अझै पनि समाजबाट हट्न सकेको छैन । समाजको पितृसत्तात्मक सोचले हामी स्वयम् अप्ठ्यारोमा पर्ने गर्दछौँ ।
काम गर्नेक्रममा कहिले रात पर्छ, कहिले काम बन्दैन, कहिले अरूको गालीगलौज  सुन्नुपर्छ । यस्ता विभिन्न कारणले घरपरिवारमा समेत प्रश्नहरू उठ्न थाल्छन् । समाजले औँला ठड्याउन खोज्छ । कसका लागि ?यस्ता काम किन गर्नु ? के पाइन्छ ? को हुन् ? नचिनेकाहरूलाई किन सहयोग गर्नु ? लगायत विभिन्न प्रश्नहरूले हामीलाई दिनरात मानसिक यातना दिने गर्दछ ।
महिला भएर हक, अधिकार र न्याय प्रदान गर्न खोज्नु हाम्रो लागि निकै चुनौतीपूर्ण छ । त्यसैले समय–समयमा हामीमाथि विभिन्न हिंसात्मक व्यवहारहरू हुने गर्दछन् । विशेषगरी यो समस्या न्याय र अधिकारका क्षेत्रमा रहेर काम गर्ने नयाँ नयाँ दिदीबहिनीहरूमा देखिने गरेको छ । हामीले त वर्षौँ वर्षदेखि यस्ता समस्या झेल्दै आएको भएर समस्यासँग सामना गर्दै काम गर्ने बानी परिसकेको छ ।
कतिपय अवस्थामा त के हुन्छ भने हामीले अन्यायमा परेका दिदीबहिनीहरूलाई यसरी न्याय पाउन सकिन्छ, तपाईहरूका लागि कानुन निर्माण भएको छ, कानुनी प्रक्रियामा गएर आफ्ना समस्या बताउन सक्नुपर्छ, हिंसा भनेको यस्तो हुन्छ भनेर सिकायौँ भने घर बिगारीदिन लागेको भन्दै आरोप लगाउनेहरू पनि छन् ।
न्याय पाउनु सबैको अधिकार हो, अरूको न्याय र अधिकारको संरक्षण गर्नु जिम्मेवारी हो भन्ने सोच्न नसक्दा विभिन्न क्षेत्रमा रहेर काम गर्ने हामी महिला अधिकारकर्मी स्वयम् हिंसा भोग्नुपर्ने र यातना सहनुपर्ने अवस्था  छ ।
पेमडोमा शेर्पा
महिला अधिकारकर्मी, ओखलढुङ्गा 
समाजमा महिलाले भोग्नुपरेको लैंगिक हिंसा, घरेलु हिंसाकाविरूद्ध आवाज उठाउँदै सम्बन्धित निकायसम्म पुग्ने हामीहरू स्वयं थुर्पै समस्याहरू धम्की त्रासहरू झेल्नुपरेको छ । किनभने हाम्रो समाजले अरूको अधिकारका लागि निःस्वार्थ काम गर्ने व्यक्तिहरूलाई सम्मान गर्नुपर्छ, उनीहरूलाई सहयोग गर्नुपर्छ भन्ने जानेको छैन ।
छोरी मान्छे भएर दुनियाँ ठाउँ जानु हुँदैन, अरूसँग ठूलो स्वरमा बोल्नु हुँदैन, सँधै गाउँ समाजले बनाएको रितिरिवाजमा रहेर काम गर्नुपर्छ भन्ने गलत मानसिकता बोकेकै कारण आज आमनागरिक र स्वयम् अधिकारकर्मीहरूसमेत हिंसामा पर्नुपरेको छ ।
लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्यका लागि संविधानदेखि ऐन कानुन भएपनि  प्रभावकारी कार्यन्वयन हुन सकेका छैनन् । जसका कारण यहाँका राजनैतिक दलहरूले शक्ति र पैसाको भरमा न्याय प्रक्रियामा अवरोध उत्पन्न गर्ने, राजनैतिक शक्तिको भरमा धम्क्याउने, तेरो पनि पालो आउँछ भन्ने, हाम्रो कारण माथि पुगेको होईनौँ भन्दै बारम्बार फोनमा धम्क्याउने, अदालतसम्म पुग्नै लागेका फाइलहरू रकमको प्रलोभन देखाउँदै रोक्न लगाउने, पीडितलाई किनिदिने, मुद्दा उल्ट्याउन लगाउने जस्ता गलत गतिविधिका कारण अधिकारकर्मीहरूलाई काममा तनाव उत्पन्न भईरहेको हुन्छ । कोही अधिकारकर्मीहरू यस्ता व्यवहार सहेर बसिरहेका हुन्छन् भने कोहि यसको विरूद्ध आवाज उठाउँदै आउँछन् । हामीले थेग्न नसक्ने खालका व्यवहार भएभने प्रहरीलाई खबर गछौं । हाम्रो विकल्प यही हो ।
कतिपय अवस्थामा के हुन्छ भने यदि मैले कोही कसैलाई न्याय दिन सफल भए, पीडितलाई न्याय दिएर उसलाई खुशी बनाए भने पीडक पक्षले मलाई आक्रमण गर्न खोजिरहेका हुन्छन्, विभिन्न खालका अपशब्दले गाली गरिरहेका हुन्छन्, कतिपय अवस्थालाई प्रशासनलाई आफ्नो पक्षमा ल्याएर हामीमाथि दुव्र्यवहार गर्न खोजिरहेका पनि हुन सक्छन् ।
यो पनि हामीमाथि हुने हिंसा नै हो । विभिन्न खालका जोखिममोल्दै  प्रभावितलाई  न्याय दिलाउने  काम गर्न निकै अप्ठ्यारो छ 

The article is republished with permission from the author.

This article orginially appeared in

https://koshionline.com/newsdetails/14048

0 Comments
Latest Comments
Upcoming Events
Editor's Pick
  1. Emergence and Practice of Feminist Knowledge in Nepal General
  2. Walls Turned Sideways Are Bridges Reports
  3. No Justice without Reparation: Why Rape Survivors Must Have a Right to Compensation General
  4. Child Marriage Prosecutions in India - Case Law Analysis of Actors, Motives and Outcomes 2008-2017 General
  5. Feminist Leadership best practices - Sangat Best Practices
Poll
(You need to be a general user to vote in the poll)
Should we change our banner photo?
Latest Discussions