Thursday, July 4, 2024
worec
अन्वेषीः महिलामाथि हुने हिंसाको यथार्थ : महिलामाथि हुने हिंसाको विश्लेषणात्मक अध्ययन प्रतिवेदन

Worec Admin

Worec Admin (Author: )

Jul 22, 2021 | Research

126
Views

अन्वेषी नेपालमा महिलामाथि वर्षभरि भएका हिंसाका घटनाहरू संकलित, अंकित एवं विश्लेषणसहितको एक महत्वपूर्ण वर्ष पुस्तक हो। सर्वेक्षणमा आधारित यो पुस्तक ओरेक नेपालले सन् २००८ बाट वर्षेनी प्रकाशन गर्दै आइरहेको छ । महिलामाथि हुने हिंसाका घटनाहरूको द्ध नक्साङ्कन गर्ने, सरोकारवाला एवं सम्बन्धित जिम्मेवार निकायसमक्ष महिला हिंसाको वास्तविकता प्रस्तुत गरी आवश्यक कदम चाल्न दबाब सृजना गर्ने उद्देश्यले अन्वेषी प्रकाशन, वितरण एवं प्रचारप्रसार कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिँदै आइएको छ । अन्वेषीले विभिन्न भू– भागमा बसोबास गर्ने भिन्न–भिन्न सामाजिक समूह र समुदायका महिलाहरूमाथि भइरहेको हिंसा, तिनको स्वरूप र त्यसका प्रभावहरूबारे जानकारी दिन्छ । महिलामाथि हुने अनेक प्रकारका हिंसाहरू सार्वजनिक रूपमा बाहिर आउन सकेका छैनन्। नेपालको न्याय प्रणालीले पीडित÷प्रभावितहरूलाई पूर्णतः न्याय दिन्छ भन्ने कुराको विश्वसनीयता आर्जन गरिसकेको छैन । प्रभावितलाई नै घटनाको दोषि देख्ने सामाजिक संरचना परिवर्तन हुन सकेको छैन । त्यसैले पनि धेरै पीडितहरू न्यायिक प्रक्रियामा जान हिच्किचाउने गरेका छन्। हिंसाबाट मुक्त हुनका लागि पीडित÷प्रभावित पुग्ने पहिलो थलो न्यायिक निकाय हुन सकेको छैन । हिंसा भोगेका तर कानूनी प्रक्रियामा जान नसकेका वा नगएका र त्यसबाट सिर्जित अनेक प्रभावहरूसँग जुध्दै आइरहेका घटनाहरूको दस्तावेजीकरणमा अन्वेषीले विशेष भूमिका खेल्दै आइरहेको छ । ओरेक नेपाल र अन्वेषीले सोही भूमिकाको निरन्तरता यसपाली पनि कायम राखेको छ । पुस्तकमा प्रस्तुत हिंसाका तथ्य–तथ्याङ्कहरूले हाम्रो जटिल सामाजिक संरचनाभित्रका सबै पाटाहरू केलाउने पर्याप्त आधार नदिएपनि महिला हिंसाका मूल स्वरूप, प्रवृत्ति र त्यसको प्रभावबारे एक तहको सूचना प्रवाह गर्न सक्षम छ भन्नेमा ओरेक नेपाल विश्वस्त छ । साथै महिला हिंसा रोकथाम र समाधानका निमित्त चालिनुपर्ने कदमहरू पहिल्याउनको लागि अन्वेषी एक उपयोगी दस्तावेज हुनेछ भन्ने अपेक्षा राख्दछ । 

जबसम्म महिलामाथि हुने हिंसाको वास्तविकता वाहिर आउन सक्दैन तवसम्म समाधानको लागि वास्तविक योजना, नीति तथा कार्यक्रमहरू बनाउन सकिंदैन । बनाएपनि कार्यान्वयन गर्न सकिंदैन । राज्यका संयन्त्रलाई यस्ता आधारभूत जानकारीको अभावमा महिलामाथि हुने हिंसा रोक्न, प्रभवितलाई सहयोग गर्न, समस्या अनुरूपको आवश्यक योजना तर्जुमा गर्न तथा यस सम्बन्धी कुनै पनि काम गर्न असहज हुन्छ र भइरहेको छ । व्यवस्थित र वास्तविक आँकडा र तथ्यगत प्रमाणले घटना पुष्टी गर्न, गराउन सक्दा नै विशेषतः सम्वन्धित निकाय र नीति निर्माणकर्ताहरूलाई समस्या समाधानका लागि पहल गर्न नीति तथा कार्यक्रम बनाउन सहज हुन्छ । तथ्य र तथ्याङ्कले अपराध अनुसारको वास्तविक र कार्यान्वयन गर्न सकिने कानुन बनाउन र पीडक वा अपराधीलाई उसले गरेको अपराधको भार अनुसारको कानुनी कार्वाही गर्न पनि सहयोग पु¥याउँछ । यही अवस्थालाई आत्मसात गर्दै महिलामाथि भएको हिंसाको यथार्थ अवस्थालाई प्रस्तुत गर्ने मुख्य उद्देश्यले महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले सन् २००८ देखि हरेक वर्ष महिला हिंसाविरुद्धको वर्ष पुस्तक अन्वेषी प्रकाशन गर्ने क्रमलाई निरन्तरता दिँदै आएको छ 

 


0 Comments
Latest Comments
Upcoming Events
Editor's Pick
  1. Emergence and Practice of Feminist Knowledge in Nepal General
  2. Walls Turned Sideways Are Bridges Reports
  3. No Justice without Reparation: Why Rape Survivors Must Have a Right to Compensation General
  4. Child Marriage Prosecutions in India - Case Law Analysis of Actors, Motives and Outcomes 2008-2017 General
  5. Feminist Leadership best practices - Sangat Best Practices
Poll
(You need to be a general user to vote in the poll)
Should we change our banner photo?
Latest Discussions